बिहे नगर्नेलाई भत्ता
इलाम । इलामको एक गाउँपालिकाले अविवाहितलाई पनि भत्ता दिन थालेको छ । इलामको फाकफोकथुम गाउँपालिकाले बिहे नगरी बस्ने ५० वर्ष उमेर माथिका महिला, पुरुष दुवैलाई वार्षिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए । बिहे नगरी बस्ने उमेर कटेकाहरुको जीवनमा सहयोग गर्ने उद्देश्यले सो निर्णय गरिएको गाउँपालिकाले जानकारी दिएको छ । त्यसका लागि गाउँपालिकाभित्र बसोबास गरेको प्रमाण, जन्मदर्ता वा नागरिकता आवश्यक पर्नेछ ।