खेल

पीपीएलः सोमपालको टिमले अनुबन्ध गर्‍यो ३ विदेशी खेलाडी

पीपीएलः सोमपालको टिमले अनुबन्ध गर्‍यो ३ विदेशी खेलाडी

काठमाडौंः दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) का लागि बुटवल ब्लास्टर्सले तीनै जना भारतीय खेलाडीलाई टोलीमा भित्र्याएको छ । 

सोमपाल कामी नेतृत्वको बुटवलले यो सिजनको पीपीएलका लागि अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा भित्र्याएको हो । यी तीनै जना भारतीय स्टेट स्तरको घरेलु क्रिकेट खेल्दै आएका खेलाडी हुन् ।

बुटवलले गत संस्करणमा यूएईका पूर्व कप्तान तथा अलराउन्डर रोहन मुस्तफा र ओपनर चिराग सुरीलाई टिममा अनुबन्ध गरेको थियो । 

बुटवलले पीपीएलमा मंसिर २९ मा काठमाडौं गोल्डेन्ससँग खेल्दै सुरुवात गर्ने छ । गत वर्ष पीपीएलमा सोमपालको टोली ५ खेलमा ३ मा हार र २ मा जित सहित पाँचौ स्थानमा रहेर बाहिरिएको थियो ।

बुटवलको पूर्ण टिमः सोमपाल कामी (कप्तान), सिद्धान्त लोहनी, मोहम्मद साम्सद शेख, ललित भण्डारी, अभिनास बोहरा, हरि बहादुर चौहान, शंकर राना, पुरण बि.क, भिम सार्की, हसिम अन्सारी, नितेश थापा, बिपिन खत्री, शेर मल्ल, कमल खत्री, अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क  ।

बुटवल ब्लास्टर्स पोखरा प्रिमियर लिग सोमपाल कामी

विशेष