मुख्य समाचार

पश्चिमका पहाड र हिमालमा भारी हिमपातको सम्भावना

पश्चिमका पहाड र हिमालमा भारी हिमपातको सम्भावना

काठमाडौंः पश्चिमी वायुका कारण भएको बदली अझै दुई दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार शनिबारसम्म नै मौसम नखुल्ने तथा पश्चिम पहाडी र हिमाली क्षेत्रमा यसको बढी प्रभाव पर्नेछ ।

मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् ।

विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

आज दिउँसो मुुलुकभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । शनिबारदेखि मुलुकभरि मौसममा सुधार आउने महाशाखाले जानकारी दिएको छ ।  

पश्चिमी वायु मौसम पूर्वानुमान महाशाखा हिमपात

विशेष