खेल

आइपीएल अक्सनका लागि तयार भयो ३३२ खेलाडीको सूची

आइपीएल अक्सनका लागि तयार भयो ३३२ खेलाडीको सूची

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को आउँदो संस्करणका लागि २ करोडको शीर्ष आधारभूत मूल्य (बेस प्राइस) मा अस्ट्रेलियाका ४ जना खेलाडी रहेका छन् ।

यसमा ग्लेन म्याक्सवेल (अस्ट्रेलिया), प्याट कुमिन्स (अस्ट्रेलिया), क्रिस मोरिस (दक्षिण अफ्रिका), जोस हेजलवुड (अस्ट्रेलिया), मिचेल मार्स (अस्ट्रेलिया), एन्जेलो म्याथ्युज (श्रीलंका) र डेल स्टेन (दक्षिण अफ्रिका) लाई राखिएको छ ।

यस बेस प्राइसमा कुनै पनि भारतीय खेलाडी छैनन् । रोबिन उथप्पा भारतबाट सर्वाधिक बेस प्राइस भएको खेलाडी छन् । उनलाई १.५ करोड बेस प्राइस भएको सूचीमा समावेश गरिएको छ ।

सर्टलिस्ट गरिएका खेलाडीहरुमा २४ नयाँ खेलाडीहरु छन् । उनीहरुको नाम फ्रेन्चाइजीको तर्फबाट प्रस्तावित गरिएको हो । पछिल्लो सिजन ८.४ करोडमा बिकेका तीव्र गतिका बलर जयदेव उनादकट १ करोड बेस प्राइसमा सामेल छन् ।

लिलामी भारतीय खेलाडीहरुमध्ये सबैको नजर रोबिन उथप्पामाथि हुनेछ । सन् २००७ को टी–२० विश्वकप विजेता टोलीका सदस्य रहेका उथप्पाले कयौँ वर्ष कोलकाता नाइटराइडर्समा बिताएका थिए । यस वर्ष फ्रेन्चाइजीले उनलाई रिलिज गरेको थियो । पछिल्लो सिजन पनि उथप्पा लिलामीको प्रक्रियामा थिए । तर, कोलकाताले राइट टू म्याच कार्ड प्रयोग गरेर उनलाई टीमा सामिल गरेको थियो ।

लिलामीमा पहिले ब्याट्सम्यानको बोली लाग्नेछ । त्यसपछि अलराउन्डर, विकेटकिपर–ब्याट्सम्यान, फास्ट बलर र अन्तिम स्पीनरको लिलामी हुनेछ । त्यसपछि क्याप्ड र अनक्याप्ड खेलाडीहरुको लिलामी गरिनेछ ।

कूल ७३ खेलाडीहरुका लागि स्थान खाली छ । यसमा २९ स्थान विदेशी खेलाडीका लागि छ ।

आइपीएल इन्डियन प्रिमियर लिग खेलाडी

विशेष