मुख्य समाचार

चितवनका तीनै वडामा काँग्रेसका उम्मेद्वार विजयी

चितवनका तीनै वडामा काँग्रेसका उम्मेद्वार विजयी

चितवनः चितवनका तीन वडामा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्लाको भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले तीन हजार १८३ मत प्राप्त गरे भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गरेका थिए ।

यस्तै पूर्वी खैरहनी नगरपालिका–४ मा काँग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरे । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याएका थिए ।

खैरहनीकै वडा नं ५ मा नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरिन् । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको थियो । 

चितवन उपनिर्वाचन अमृतराज हमाल देवबहादुर बस्नेत प्रतिमा कार्की

विशेष