मुख्य समाचार

भक्तपुरमा काँग्रेसका भँडेलको आग्रता, २४ सय मतले पछि परे नेकपा उम्मेद्वार

भक्तपुरमा काँग्रेसका भँडेलको आग्रता, २४ सय मतले पछि परे नेकपा उम्मेद्वार

काठमाडौंः भक्तपुर प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । बिहान ८ बजेसम्मको मतगणनाअनुसार नेपाली काँग्रेसका उमेदवार कृष्णलाल भँडेल २ हजार ४३६ मतले लिड गरिरहेका छन् । भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन् । योसँगै उनी जितउन्मुख छन् । यसअघिको निर्वाचनमा कांग्रेसले ११ हजार मत पाएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन् । यसअघि नेकपाले १६ हजार मतसहित विजयी भएको थियो । त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले २ हजार २४७ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ७ सम्म मत गणना सकिएको  छ । भक्तपुर नगरपालिकाको १० नम्बर वडा समेत रहेको यस प्रदेशसभामा नेमकिपाको पनि प्रभाव छ । भक्तपुर–१० मा नेमकिपाको भोट बढ्ने अनुमान गरिएको छ ।

५२ स्थानमा भएको उपनिर्वाचनमा सन्तोषजनक परिणाम ल्याइरहेको नेकपालाई भक्तपुरको परिणामले झट्का थिएको छ ।  

उपनिर्वाचन भक्तपुर कृष्णलाल भँडेल देवीप्रसाद ढकाल

विशेष