मनोरञ्जन

'छोरी र बुहारीमा अन्तर के' ? भन्ने करीनाको प्रश्नमा सासूले दिइन् यस्तो जवाफ

'छोरी र बुहारीमा अन्तर के' ? भन्ने करीनाको प्रश्नमा सासूले दिइन् यस्तो जवाफ

एजेन्सी । बलिउड अभिनेत्री करीना कपूर खान यतिबेला चलचित्रका साथै रेडियो कार्यक्रमका कारण पनि चर्चामा छिन् । कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करणमा करीनाले आफ्नी सासू अर्थात् चर्चित कलाकार शर्मिला टेगोरलाई अतिथिको रुपमा आमन्त्रण गरेकी थिइन्।  

उक्त कार्यक्रममा करिनाले शर्मिलालाई 'छोरी र बुहारीमा के अन्तर हुन्छ' भनेर प्रश्न गर्दा उनले निकै सुन्दर र मन छुने जवाफ दिएकी छिन् ।

शर्मिलाले भनिन्, ‘छोरी ती हुन् जो तपाईंको आँखाको अगाडि हुर्किएकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुन्छ र के कुरामा रिसाउन सक्छिन् भन्ने पनि जानकारी हुन्छ ।  जब तपाईं आफ्नी बुहारीसँग भेट्नुहुन्छ तब उनी पहिले नै हुर्किसकेकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुँदैन । उनीसँग घुलमिल हुन समय लाग्छ । जब एक नयाँ युवती, तपाईंकी बुहारी घरमा भित्रिन्छिन् तब धेरैभन्दा धेरै सहज महसुस गराउन सक्नु एउटा सासुको जिम्मेवारी हो। 

उनले थपिन नयाँ बुहारीलाई सहज गराउने केटा पक्षको जिम्मेवारी हो । छोरा बुहारीको सम्बन्धमा धेरै दखल दिनु पनि राम्रो होइन । शर्मिलाले हालै मात्र आफ्नो ७५ औँ जन्मदिन मनाएकी छिन् ।  

त्यस्तै करिना पनि यतिखेर चलचित्र गुड न्युजलाई लिएर चर्चामा छिन । यो चलचित्र यहि महिना रिलिज हुने तयारीमा रहेको छ । चलचित्रमा करीनाका अलावा अक्षय कुमार, कियारा आडवाणी र दिलजीत दोसांझ जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ।  

 

करीना कपूर शर्मिला टेगोर

विशेष