मनोरञ्जन

सांगितिक कार्यक्रमका लागि पहिलो पटक नेपाल आउँदै भारतीय गायिका आशा भोस्ले

सांगितिक कार्यक्रमका लागि पहिलो पटक नेपाल आउँदै भारतीय गायिका आशा भोस्ले

काठमाडौँ। भारतकी चर्चित गायिका आशा भोस्ले एक सांगितिक कार्यक्रमका लागि पहिलोपटक नेपाल आउने भएकी छिन ।

साधना कला केन्द्रले आयोजना गर्न लागेको रन्जित गजमेर साँझमा प्रस्तुति दिनका लागि भोस्ले पुस ११ गते नेपाल आउन लागेकी हुन्।  

यहि पुस १२ गते काठमाडौंको होटल सोल्टीमा रन्जित गजमेर साँझ हुदैछ, जसमा उनले आफ्ना केहि केही चर्चित नेपाली गीतहरु प्रस्तुत गर्नेछिन्।

'हामीले आशाजीको घरमै गएर सम्झौता पत्रमा हस्ताक्षर गरेर आएका हौं , साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले बताए। आशा भोस्ले जस्ता सांगीतिक हस्तिलाई नेपालमा ल्याउन पाउनु नेपाली सांगितिक क्षेत्रकै गौरवको कुरा भएको मोक्तान बताउछन्।

नेपाली चलचित्रको सुरुवाती चरणका धेरै चर्चित गितहरु भोस्लेको आवाजमा रहेका छन ।  

गायिका आशा भोस्ले

विशेष