द्वन्द्वको व्यवस्थापनमा राज्य चुक्यो : भण्डारी (भिडियोसहित)
काठमाडौँ । हुन त द्वन्द्व कहिल्यै नसुल्झिने विषय हो । दश वर्षको सशस्त्र द्वन्द्व अन्त्य भएर मुलुक संघीय संरचनामा पुगेको छ । दश वर्ष द्वन्द्व लडेकाहरु कतिपय राज्यमा सेवा सुविधा लिइरहेका छन् । कतिपय विदेश पलायन भए ।
लडाकु बनेर हिजोको दिनमा राज्य विरुद्ध हतियार उठाएकाहरुको आजको दिनमा हविगत के कस्तो छ ? किनकी सशस्त्र क्रान्तिपछि स्वर्णयुग आउँछ भनेकोमा के साँच्चिकै त्यस्तो भएको छ त ? किनकी कतिपय अझै अर्को द्वन्द्वको तयारीमा जुटेका छन् । त्यसो त कार्ल माक्र्सको भनाइमा द्वन्द्व कहिल्यै सकिँदैन । वर्गसंघर्षका आधारमा माक्र्सले भनेको यो भनाइ अन्य संघर्षमा पनि उत्तिकै लागु हुन्छ ।
अझ नेपालजस्तो द्वन्द्वको प्रत्यक्ष असर भोगेको अनि विस्तारै स्थिरतातर्फ लगेको मुलुकमा द्वन्द्वको असर कुनै न कुनै रुपमा रहिरन्छ । यस्तो अवस्थामा हामीले प्रधानमन्त्री मातहत रहेको तत्कालीन सेना समायोजन तथा पुनर्स्थापना विशेष समितिमा समेत काम गरेका त्रिभुवन विश्वविद्यालय द्वन्द्व, शान्ति र विकास विभागका उपप्राध्यापक चिरञ्जीवी भण्डारीसँग नेपालमा द्वन्द्वको अवस्था, आगामी दिनमा हुनसक्ने असर भावी दिनमा द्वन्द्वको मामिलामा नेपाल के कसरी अगाडि बढ्ला भनेर सोधेका छौँ । किनकी मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव लगायतका समूह एकातिर छन् भने अर्कोतिर विभिन्न जाति, धर्मको आ–आफ्नै संघर्ष चलिरहेको छ । भण्डारीले यी सबै पाटामा सटिक विश्लेषण गरेका छन् । हेरौँ कुराकानीको यो अंश :