समाज

अकुपाई टुँडिखेल अन्तर्गत आज खुल्लामञ्चको सरसफाइ 

अकुपाई टुँडिखेल अन्तर्गत आज खुल्लामञ्चको सरसफाइ 

काठमाडौँ । अकुपाईं टुँडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई गरिएको छ । अभियानको छैठौँ हप्तामा ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौँ खुला मञ्चको फोहोर कसिंगर जरै देखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो ।

टुँडिखेल टुँडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन भएको काठमाडौँ महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीले बताए । अकुपाई टुँडिखेल अभियानका अभियान्ता सुशन वैद्यले सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै उनले तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने बताए ।

टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन गरिएपछि यसको विरुद्धमा अभियान सञ्चालन गरिएको हो ।

विशेष