खेल

टेष्ट सिरिजः न्यूजिल्याण्डविरुद्ध इंग्ल्याण्डका कप्तानको शतक

टेष्ट सिरिजः न्यूजिल्याण्डविरुद्ध इंग्ल्याण्डका कप्तानको शतक

काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टेष्ट क्रिकेट सिरिजको दोस्रो खेलमा पहिलो इनिङ्समा इंग्ल्याण्ड टिमका कप्तान जो रुटले शतक बनाएका छन् । उनले १३ चौकाको मद्दतमा २ सय ५९ बलमा शतक बनाएका हुन् ।

तेस्रो दिनको खेलमा इंग्ल्याण्डले ९५ ओभर सकिँदा महत्वपूर्ण ५ विकेट गुमाएर २ सय ६५ रन बनाएको छ । उसका लागि यो अवस्थामा कप्तान रुट ११२ रनमा नटआउट छन् ।

इंग्ल्याण्डले यसअघि रोरी बर्न्सलाई १०१, जो डेन्ली, डोम सिब्लीलाई ४–४, बेन स्टोक्सलाई २६ र जाक क्रालीलाई १ रनमा गुमाइसकेको छ ।

बलिङमा न्यूजिल्याण्डका टिम साउथीले २, म्याट हेन्री र नील वाग्नरले एक–एक विकेट लिइसकेका छन् ।

पहिलो इनिङ्समा घरेलु टिम न्यूजिल्याण्डले १२९.१ ओभरमा सबै विकेट गुमाएर ३ सय ७५ रन बनायो ।

उसका लागि टम लाथमले १०५, डेरिल मिचेलले ७५, बिजे वाटलिङले ५५, रस टेलरले ५३, मिचेल सान्टनरले २३, टिम साउथीले १८, हेनरि निकोलशले १६ रन बनाए ।

बलिङमा इंग्ल्याण्डका स्टुअर्ट ब्राडले ४, क्रिस वोक्सले ३, साम करनले २ र जोफ्रा आर्चरले १ विकेट लिए । न्यूजिल्याण्ड २ खेलको सिरिजमा १–० ले अगाडि छ ।

इंग्ल्याण्ड भर्सेस न्यूजिल्याण्ड टेष्ट क्रिकेट सिरिज शतक

विशेष