मुख्य समाचार

धनुषा बम विस्फोटः घाइते इन्सपेक्टरको पनि मृत्यु

धनुषा बम विस्फोटः घाइते इन्सपेक्टरको पनि मृत्यु

जनकपुरधामः धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर कुमार दाहालको पनि मृत्यु भएको छ ।

कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो ।

सो घटनामा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका थिए । दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

धनुषा बम विष्फोट अमिर कुमार दाहाल

विशेष