स्वास्थ्य

यस्ता छन् बिरेनुन खानुका फाइदा, जानिराखौं

यस्ता छन् बिरेनुन खानुका फाइदा, जानिराखौं

बिरेनुन उच्च हिमाली भुभागबाट संकलन गरी पूर्ण रुपमा सफा गरेर तयार पारिएको हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्ने समेत काम गर्छ । आज हामी बिरेनुन खानुका फाइदाक बारेमा बताउन जादैछौं 

बिरेनुनका फाइदाहरु 

-बिरेनुनको नियमित सेवनले बाथ,पित र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ ।

-यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ ।

-बिरेनुनले पेटमा भएका विषाक्त तत्वलाई कम गर्छ । जसले गर्दा ग्यास्ट्रिक, कब्जियत अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ ।

-बिरेनुनमा सल्फर आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसले मोटोपना, खराब कोलेस्ट्रोल श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ ।

-त्यस्तै यसको सेवनले मधुमेह आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाइ पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ ।

-बिरेनुनले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै छालालाइ नरम स्वस्थ सुन्दर राख्न पनि मदत गर्छ ।

-यसको सेवनले कुष्टरोग एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ ।

बिरेनुनलाई जुनसुकै तरिकाले पनि प्रयोग गर्न सकिन्छ । प्राकृतिक बिरेनुनले खानालाई सुरक्षित राख्ने काम गर्छ । यसलाई टेबुल साल्टका रुपमा वा साँध्ने खालका खानामा सोझै प्रयोग गर्न सकिन्छ । यसलाइ पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै मनतातो पानीमा प्राकृतिक बिरेनुनको मिश्रण गरी नुहाँउदा निकै फाइदा हुन्छ।  

दाँत गिजा जिब्रो घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ , यसले दाँतलाइ चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट बचाउछ।  

 दिशा पातलो हुने समस्या भएमा प्याजलाइ मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाइ प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ।

 

बिरेनुन

विशेष