हिँड्दाहिँड्दै सडक पेटीमा ढले मोहनविक्रम सिंह

काठमाडौंः नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै बुटवलको सडक पेटीमा ढलेका छन् । बुटवलस्थित मिलनचोकको आकाशे पुलनजिक सडकपेटीमै ढलेपछि सिंहलाई उपचारका लागि कालिकानगरस्थित चौराहा हस्पिटल प्रालि पुर्याइएको थियो ।
करिब दुई घण्टा उपचार गरेपछि सिंहलाई अस्पतालले घर पठाइदिएको छ । लडेर ठोक्किँदा निधार केही सुन्निएको, तर स्वास्थ्यअवस्था सामान्य रहेको चौराहा अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।
बुटवलमा रहेको केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेपछि सिंह चौराहातर्फ पैदल हिँडेर जाँदै थिए । सोही क्रममा उनी लडेका हुन्। ८४ बर्षीय सिंह नेपालको वामपन्थी आन्दोलनका पुराना नेता हुन् ।
मोहनविक्रमकै कम्युनिष्ट पाठशालामा हुर्किएका धेरै नेताहरु अहिले राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् ।
बुटवल मोहनविक्रम सिंह नेकपा मसाल