मुख्य समाचार

नेकपा सचिवालय बैठक बस्दै आज, यस्ता छन् छलफलका विषय

नेकपा सचिवालय बैठक बस्दै आज, यस्ता छन् छलफलका विषय

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज शनिबार बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने कार्यसूचीका बारे छलफल गर्ने तयारी रहेको प्रेस सल्लाहकार थापाले बताए ।

बैठक शुक्रबारका लागि बोलाइएको भए पनि नेताहरुको व्यस्तताका कारण भन्दै आजका लागि सारिएको थियो ।

नेकपा सचिवालय बैठक नेकपा

विशेष