मुख्य समाचार

मध्यरातमा ढोकामा झुण्डाइएको झोला खोल्दा बम विष्फोट

मध्यरातमा ढोकामा झुण्डाइएको झोला खोल्दा बम विष्फोट

जनकपुरधामः धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गए राति करिब १२ बजे तिर बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन् ।

घरधनी राजेश साहले राति पिसाप फेर्न उठेको बेला घरको मुलद्वारमा एउटा झोला झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबवाट प्रहरी निरीक्षक अमितकुमार दाहाल सहितको टोली घटना स्थल पुग्यो । घटनास्थलको समान्य अवलोकन पक्षि त्यो झोला खोलेर हेर्दा विष्फोट भएको स्थानीयको भनाइ छ ।

मृतक साह औषधि व्यबसायी र उनी स्थानीयलाई ऋण उपलब्ध गराउने गर्दै आएको स्थानीयको भनाइ छ । मृतक मध्ये क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का ४७ वर्षिय राजेश साह र उनका २४ वर्षिय छोरा आन्नद साहको उपचारका लागि प्रादेशिक अस्पताल लगिदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमितकुमार दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरवाट नजिकै पर्ने धनुषाको महेन्द्रनगरमा औषधि व्यवसाय गरी बसिरहेका राजेश साहको घरमा बम विस्फोट भएको हो ।

सो विस्फोटमा परी स्थानीय अंदाजी ४७ बर्षिय राजेश साह र उनका छोरा अन्दाजी बर्ष २५ का आनन्द साहलाई प्रादेशिक अस्पताल जनकपुर ल्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

सो बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी जवान वैजनाथ महतो, मृत्क राजेशका १९ वर्षीय छोरी अंजली र १५ वर्षीय अर्का छोरा प्रकाश पनि गंभीर घाईते भएको प्रहरीले जनाएको । घाइते अंजलीको बाया खुट्टामा र प्रकाशको दाया खुट्टामा गम्भिर चोट लागेको बताइएको छ । घाइतेहरूको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बम विष्फोट धनुषा

विशेष