मनोरञ्जन

आफ्नो विवाहको संगीत सेरेमनीमा आधारित वेब सिरिज निर्माण गर्दै प्रियंका

आफ्नो विवाहको संगीत सेरेमनीमा आधारित वेब सिरिज निर्माण गर्दै प्रियंका

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले मिलेर विवाहको संगीत सेरेमनीको वेब सिरिज बनाउने भएका छन।  निक र प्रियंकाले गत बर्ष डिसेम्बर १ र २ तारिखमा विवाह गरेका हुन्।  विवाहको १ बर्ष पुरा भईसक्दा पनि यी दूइको  विवाहको तस्बिर र भिडियो अझैसम्म चर्चामा रहेको छ।  

प्रियंका र निकले आफ्नो विवाहका प्रत्येक फंसनलाई सिक्रेट राखेका थिए, तर विवाह फंसन सिक्रेट राख्नुका पछाडी पनि एक कारण रहेको खुलेको छ।  प्रियंकाले आफ्नो विवाहको तस्बिर' हेलो म्यागेजिन' लाई करिब १७ करोड भन्दा बढी पैसामा बेचेकी थिइन्।  

अब भने प्रियंका र निक विवाहको संगीत सेरेमनीदेखि इन्स्पाएर भएर एक वेब सिरिज बनाउने योजनामा जुटेका छन।  यस सिरिजलाई प्रियंका स्वयंले निर्माण गर्दै छिन भने उनको  यस सिरिज अमेजनबाट प्रसारण हुनेछ।  प्रियंकाको संगीत सेरेमनीमा उनका र निकका परिवारवालाले खुलेर डान्स गरेका थिए।  

 प्रियंकाले एक तस्बिर शेयर गर्दै लेखेकी छिन।  'हाम्रो विवाहमा दुवै परिवार मिलेर पर्फमेन्स गरेका थियौ , यस्तो पर्फमेन्स जसले हाम्रो लभ स्टोरीलाई बताउछ, हाम्रो जीवनको यो अविष्मरणीय पल म कहिल्यै भुल्ने छैन'।  निक र मैले एक नयाँ प्रोजेक्टको घोषणा गरेका छौं जसका लागि हामी अति नै उत्साहित पनि छौँ तर यसको अहिलेसम्म शिर्षक भने तय भईसकेको छैन।  

निक र मेरो यो पहिलो पटक एकसाथ काम गर्न लागेको प्रोजेक्ट हो यसमा हामी विवाह हुनु भन्दा अघिल्लो दिन हुने संगीतको बारेमा बताउने छौं जसले विवाह गर्ने तरखरमा रहेका नव जोडीलाई सहज हुन सक्छ।  

प्रियंकाको यो सिरिज अर्को बर्ष प्रदर्शन हुनेछ।  जसमा इन्जेज्मेंट देखि विवाहसम्मको सम्पूर्ण कुरालाई पर्दामा उतार्ने प्रयास गरिने छ।  कामको सन्दर्भमा कुरा गर्ने हो भने प्रियंका अभिनित पछिल्लो चलचित्र द स्काई इज पिङ्क ले बक्स अफिसमा खासै सफल हुन सकेन।  यस चलचित्रमा उनका अलावा फरहान अख्तर र जायरा वसीम मुख्य भूमिकामा रहेका थिए।  

 

  

 

प्रियंका चोपडा वेब सिरिज

विशेष