विवादमा मुछियो अजय देवगणको नयाँ चलचित्र 'तानाजी'
एजेन्सी। अजय देवगनको नयाँ चलचित्र ‘तानाजी’ विवादमा तानिएको छ । अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघले दिल्ली उच्च अअदालतमा मुद्धा दालतमा चलचित्र विरुद्ध मुद्दा दायर गरेको हो । जहाँ निर्देशक 'ओम राउत' ले फिल्ममा तानाजीको असली वंश नदेखाएको आरोप लगाइएको छ । उनीहरुले अदालतसँग सेन्सर बोर्डलाई उक्त फिल्मलाई सर्टिफिकेट नदिन आग्रह गरेका छन् ।
उक्त मुद्दाको सुनुवाइ आगामी डिसेम्बर १९ मा हुने बताइएको छ । चलचित्रले 'तानाजी' भन्दै मराठी समुदायलाई लक्षित गरेको संघको आरोप छ । जब कि, तानाजीको खास वंश क्षेत्रीय महादेव कोली रहेको बिश्वास गरिन्छ ।
त्यसो त, चलचित्रको नामबारे पनि यसअघि नै विवाद भइसकेको थियो । मराठी जानकारहरुले निर्माताले असली नाम ‘तानाजी’लाई तोडमोड गरी ‘तान्हाजी’को रुपमा प्रस्तुत गरिएको टिप्पणी गरेका छन् । तर निर्देशकले जवाफ दिँदै भनेका छन्, ‘इतिहासको पाना पल्टाउनुस्, त्यहाँ पनि उनको नाम तान्हाजी नै छ ।’
अभिनेता अजय देवगनको यो १ सयौं फिल्म हो । यस चलचित्रमा अजयसँगै काजोल, सेफ अली खान, शरद केलकर, ल्युक केनी, जगतपति बाबु लगायतको अभिनय छ । चलचित्र आगामी जनवरी १० मा प्रदर्शनमा आउने बताईएको छ ।
अजय देवगण तनाजी