पोखरा प्रिमियर लिग : काठमाडौँ गोल्डेन वारियर्स ९ विकेटले पराजित
काठमाडौँ । पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । पोखरा पल्टनले काठमाडौं गोल्डेन्स वरियर्सलाई ९ विकेटले पराजित गर्यो । पोखराका कुशल भुर्तेल र रविन्दर सिंहले दोस्रो विकेटका लागि अविजित ८४ रनको साझेदारी गरेपछि पोखराले १ सय १६ रनको लक्ष्य सहजै पूरा गर्यो।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । १ सय १६ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको पोखरा पल्टनले १४.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
काठमाडौँका लागि सुबोथ भाटीले ४५ रन बनाए । पोखरा पल्टनले शुरुमै ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ १४ रनमा पवेलियन फर्किँदा पोखराले ३१ रन मात्र जोडेको थियो। आसिफलाई सुशन भारीले एलबिडब्लू आउट गरेका थिए। कुशलले अविजित ६५ रन बनाउने क्रममा ४३ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
रविन्दर ३८ रनमा अविजित रहे। उनले ३२ बलमा ५ चौका र १ छक्का हाने। त्यसअघि काठमाडौंका भाटीले ४५ रन जोड्ने क्रममा २९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। भाटीपछि गौरव तोमारले १३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। काठमाडौं गोल्डेन्सले पीपीएलको पहिलो सिजन काठमाडौं रोयल्सको नामबाट खेलेको थियो।
क्लबको स्वामित्व परिवर्तन भएसँगै यस संस्करणमा काठामाडौं गोल्डेन्स वारियर्स भएको हो। साविक विजेता पोखरा पल्टनका कुशल मल्ल, ललितनारायण राजबंशी र रशिद खानले समान २ विकेट लिँदा प्रथमेश डाके र सरबजीत लद्धाको नाममा १र१ विकेट लिएका थिए ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा विराटनगर टाईटन्स र धनगडी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेनले बुटवल ब्लास्टर्सको सामना गर्नेछ ।
पोखरा प्रिमियर लिग