मुख्य समाचार

नेकपा स्थायी कमिटी बैठक बस्दै आज, के छन् छलफलका विषय?

नेकपा स्थायी कमिटी बैठक बस्दै आज, के छन् छलफलका विषय?

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरू स्थायी कमिटी बैठकको तयारीमा रहेकाले सचिवालय बैठक पुनः स्थगित भएको छ । स्थायी कमिटीको बैठक आइतबार बस्दैछ ।

मङ्सिर २३ गते बसेको सचिवालयको बैठकले मंसिर २७ गतेका लागि बैठक तय गरेको थियो तर तयारी नपुगेको भन्दै सो बैठक शनिबार दिउँसोका लागि सर्यो । तर, फेरि तयारी नपुगेको भन्दै त्यो बैठकलाई आइतबार बिहान ९ बजेका लागि सारेको छ ।

आइतबार बस्ने स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको थियो तर एजेन्डा पूर्णता पाउनमा ढिलाई भएका कारण बैठक पनि सर्दै गएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनदेखि अन्य नेतासँग सल्लाह लिँदै स्थायी कमिटीमा प्रस्तुत हुने एजेन्डाको दस्तावेजीकरण गर्नमा व्यस्त छन् । सचिवालको बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको थियो । 

स्थायी कमिटी बैठक नेकपा विषय

विशेष