खेल

आजदेखि पोखरामा पीपीएल, उद्घाटन खेलमा ज्ञानेन्द्र र शरदको टिम भिड्दै

आजदेखि पोखरामा पीपीएल, उद्घाटन खेलमा ज्ञानेन्द्र र शरदको टिम भिड्दै

काठमाडौंः पोखरा प्रिमिएर लिग (पीपीएल) आइतबारदेखि पोखरामा सुरु हुँदै छ । उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन खेल्दै छन् । पोखरामा शरद भेषवाकर र काठमाडौंको टिममा ज्ञानेन्द्र मल्ल कप्तान रहेका छन् ।

पोखरास्थित पोखरा क्रिकेट रंगशालामा दुवै टोली मैदान उत्रदा पहिलो जितको खोजीमा हुने छन् । पहिलो खेलमा जित हात पार्दै दुवै टोली लिगमा सुखद सुरुवात गर्न चाहन्छन् । खेल बिहान साँढे ११ बजे सुरु हुनेछ । पहिलो संस्करणमा दुवै टोली आमने सामने भएका थिए । जसमा पोखराले काठमाडौँलाई ४ विकेटले पराजित गरेको थियो ।

पोखराका लागि भारतीय खेलाडी रभी इन्दर सिंह महत्वपूर्ण खेलाडी हुन् । सिंह गत संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। पोखराबाट खेलेका उनले ६ खेलमा २ सय ६० रन बनाएका थिए । यस्तै काठमाडौँका लागि गौरब तोमार महत्वपूर्ण रहेका छन् । तोमार गत संस्करणका सिंहपछिको सर्वाधिक रन बनाउने खेलाडी हुन् । लीग विजेताले २७ लाख पुरस्कार पाउँने छ भने उपविजेताले १० लाख पुरस्कार हात पार्ने छ ।  

पीपीएल पोखरा प्रिमिएर लिग

विशेष