सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए ।
उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताए । घटनाको थप विवरण आउन बाँकी छ।
बस दुर्घटना सिन्धुपाल्चोक खाडिचौर–जिरी सडकखण्ड