मुख्य समाचार

सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो (अपडेट)

सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो (अपडेट)

सिन्धुपाल्चोकः कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । 

आइतबार बिहान साढे ८ बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । 

इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

बस दुर्घटना

विशेष