मुख्य समाचार

सरकारी छाप दस्तखत किर्ते गर्ने सिंचाइ डिभिजन प्रमुख पक्राउ

सरकारी छाप दस्तखत किर्ते गर्ने सिंचाइ डिभिजन प्रमुख पक्राउ

दोलखाः सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका सिंचाइ विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख प्रकाश अधिकारीलाई पक्राउ गरिएको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख अधिकारीले सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका थिए ।

दोलखाका प्रहरी प्रमुख डीएसपी मानबहादुर राईका अनुसार रत्ननगर नगरपालिका–४, चितवन घर भई किर्तिपुर नगरपालिका–२, काठमाडौं बस्ने अधिकारीलाई तत्कालीन कार्यरत कार्यालयको सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दामा शनिबार काठमाडौंमा पक्राउ गरिएको हो । 

पक्राउ परेका अधिकारी यस अघि सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्वनको अवस्थामा रहेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले आवश्यक अनुसन्धानपछि दोलखा प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो ।

तत्कालीन अधिकारी कार्यरत सिंचाई डिभिजन कार्यालयको सरकारी छाप दस्तखत किर्ते मुद्दामा वारदात पश्चात हालसम्म फरार रहेका थिए । पक्राउ परेका अधिकारीलाई दोलखा प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

दोलखा दस्तखत किर्ते प्रकाश अधिकारी

विशेष