मुख्य समाचार

नेकपा सचिवालयद्वारा स्थायी कमिटी बैठकमा छलफल हुने कार्यसूची तयार

नेकपा सचिवालयद्वारा स्थायी कमिटी बैठकमा छलफल हुने कार्यसूची तयार

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठकले आज बस्ने स्थायी कमिटीको बैठकको कार्यसूची तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको बैठक, नेपाल भारत सीमा समस्या लगायतका कार्यसूची तय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ जानकारी दिए।  

अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको बैठकमा अर्का अध्यक्ष केपी शर्मा अ‍ोली पनि सहभागी भएका थिए । बैठकमा उनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा तीव्रगतिमा सुधार भइरहेको प्रवक्ता श्रेष्ठले बताए । 

स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन दुवैजना अध्यक्षको सल्लाहमा तयार भएको उनले जानकारी दिए । स्थायी कमिटीको बैठक आजै १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । 

नेकपा सचिवालय बैठक कार्यसूची

विशेष