खेल

पीपीएलः ज्ञानेन्द्रको टिमविरुद्ध टस जितेर बलिङ गर्दै शरदको पोखरा (LIVE)

पीपीएलः ज्ञानेन्द्रको टिमविरुद्ध टस जितेर बलिङ गर्दै शरदको पोखरा (LIVE)

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) को पहिलो खेल अन्तर्गत काठमाडौं गोल्डेन विरुद्धको खेलमा साविक विजेता पोखरा पल्टनले टस जितेर बलिङ रोजेको छ । पोखरामा शरद भेषवाकर र काठमाडौंको टिममा ज्ञानेन्द्र मल्ल कप्तान रहेका छन् ।

काठमाडौंको टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल, सुबोध भाटी, अमृत भट्टराई, जयकिशन कोल्सावाल, बसन्त रेग्मी, अमित श्रेष्ठ, पृथु बाँसकोटा, सुशन भारी, पवन सरार्फ, गौरव तोमार, नन्ददन यादव लगायत खेलाडी छन् ।

यस्तै पोखराको टिममा शरद भेषवाकर (कप्तान), सरबजित लड्डा, बिनोद भण्डारी, मेहबुब आलम, कुसल भुर्तेल, रविन्द्रदर सिंह, कुसल मल्ल, इशान पाण्डे, रोहित पौडेल, ललितनारायाण राजवंशी, राशिद खान, आसिफ शेखलयागत क्रिकेटर छन् ।

पोखरा र काठमाडौंबीचको खेल पोखरास्थित पोखरा क्रिकेट रंगशालामा हुँदैछ । पहिलो खेलमा जित हात पार्दै दुवै टोली लिगमा सुखद सुरुवात गर्न चाहन्छन् ।

पहिलो संस्करणमा दुवै टोली आमने सामने भएका थिए । जसमा पोखराले काठमाडौँलाई ४ विकेटले पराजित गरेको थियो ।

पोखराका लागि भारतीय खेलाडी रभी इन्दर सिंह महत्वपूर्ण खेलाडी हुन् । सिंह गत संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। पोखराबाट खेलेका उनले ६ खेलमा २ सय ६० रन बनाएका थिए ।

यस्तै काठमाडौँका लागि गौरब तोमार महत्वपूर्ण रहेका छन् । तोमार गत संस्करणका सिंहपछिको सर्वाधिक रन बनाउने खेलाडी हुन् । लीग विजेताले २७ लाख पुरस्कार पाउँने छ भने उपविजेताले १० लाख पुरस्कार हात पार्ने छ । 

">

पोखरा प्रिमियर लिग पीपीएल शरद भेषवाकर ज्ञानेन्द्र मल्ल काठमाडौं गोल्डेनविरुद्ध पाेखरा

विशेष