पीपीएलः ज्ञानेन्द्र मल्लको टिमद्वारा पोखरालाई ११६ रनको लक्ष्य
काठमाडौंः दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० प्रतियोगिताको उद्धघाटन खेलमा काठमाडौं गोल्डेन्सले पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा भइरहेको खेलमा टस हारेर ब्याटिङको मौका पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि सुबोध भाटीले २९ बलमा समान ४ छक्का र चौकाको मद्दतमा सर्बाधिक ४५ रन बनाए ।
सुशन बाहेक अन्य नेपाली ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंका लागि सुवास खकुरेल, पवन सराफले ६–६, कप्तान ज्ञानेन्द्र मल्लले १, पृथु बाँस्कोटाले ७, बसन्त रेग्मीले ८ रनको योगदान मात्र दिन सके ।
बलिङमा मा पोखराका राशिद खान, ललितनारायण राजवंशी, कुसल मल्लले २–२, प्रथमेश डाके र सर्बाजित लाडले एक–एक विकेट लिए ।
पोखराले आजको खेलमा युवा तीब्र गतिका बलर आकश चन्द, अनुभवी तीब्र गतिका बलर महबुब आलम, ओपनर इशान पाण्डे, अनिल गुरुङ र अलराउन्डर कृष्ण कार्कीलाई बेन्चमा राखेको छ ।
काठमाडौंले आदिल खान, अमर सिंह राउटेला, ओपनर अमित श्रेष्ठ र स्पिनर सुर्य तामाङलाई बाहिर राखेको छ ।
काठमाडौंको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा, सुसन भारी, बसन्त रेग्मी, पवन सरार्फ, नन्दन यादव, सुवास खकुरेल, अमृत भट्टाई, सुबोध भाटी, गौरव तोमर र जयकिशन कोल्सावाला (विकेटकीपर)
पोखराको प्लेइङ ११ः
शरद भेषावकर (कप्तान), विनोद भण्डारी (विकेटकीपर) राशिद खान, रोहित कुमार पौडेल, ललित नारायणराजवंशी, मोहम्मद आशिफ शेख, कुशल मल्ल, प्रथमेश डाके, रवि इन्दर सिंह, सर्बाजित लाड, कुशल भुर्तेल
पोखरा प्रिमियर लिग पीपीएल काठमाडौं गोल्डेन्सविरुद्ध पोखरा