खेल

हेटमायर र होपको शतक, भारतविरुद्ध वेस्ट इन्डिजको शानदार जित

हेटमायर र होपको शतक, भारतविरुद्ध वेस्ट इन्डिजको शानदार जित

काठमाडौंः भारतविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले विजयी भएको छ ।

भारतले दिएको २ सय ८८ रनको लक्ष्य वेस्ट इन्डिजले ४७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि साई होप र शिमरोन हेटमाइरले शतक बनाए । हेटमाइरले १ सय ६ बलमा ७ छक्का र ११ चौकासहित १ सय ३९ रन बनाए ।

वानडे क्रिकेटमा उनको यो उच्च स्कोर हो । वानडेमा हेटमायरको याे पाँचौ शतक हो ।

ओपनर साइ होपले १ सय ५१ बलमा १ छक्का र ७ चौकासहित १ सय २ रनको योगदान दिए । वानडेमा होपको याे आठौँ शतक हो ।

यस्तै निकोलस पूरनले नटआउट २९ रन बनाउँदा सुनील एब्रिस भने ९ रनमै आउट भए । बलिङमा भारतका दीपक चाहर र मोहम्मद शामीले एक–एक विकेट लिए ।

यसअघि चेन्नईमा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रन बनायो ।

उसका लागि श्रेयस अय्यर, ऋषभ पन्त र केदार जाधबले उत्कृष्ट ब्याटिङ गरे । पन्तले ७१, अय्यरले ७० र जाधबले ४० रन बनाए ।

रवीन्द्र जडेजा २१, शिवम दुबे ९, केएल राहुल ६, कप्तान विराट कोहलीले भने ४ रनमै आउट भए । यस्तै यस्तै दीपक चाहर ३ रनमा अविजित रहे ।

बलिङमा वेस्ट इन्डिजका सेल्डन कोट्रेल, अल्जारी जोसेफ, किमो पउलले २–२ र कप्तान किरण पोलार्डले एक विकेट लिए ।

यो हारसँगै तीन खेलको सिरिजमा भारत १–० ले पछि परेको छ । भारत–वेस्ट इन्डिजबीचको दोस्रो खेल १८ डिसेम्बरमा हुँदैछ ।

एकदिवसीय क्रिकेट सिरिज भारतविरुद्ध वेस्ट इन्डिज शिमरोन हेटमाइर साइ होप

विशेष