मनोरञ्जन

रामकुमार नेपालीको ‘जुनिजुनि’ बजारमा (भिडियोसहित)

रामकुमार नेपालीको ‘जुनिजुनि’ बजारमा (भिडियोसहित)

काठमाडौंः ‘नेपाल लोक स्टार’ सिजन–१ का प्रतिस्पर्धी तथा गायक रामकुमार नेपालीको अर्को नयाँ गीत सार्वजनिक भएको छ ।

गायक नेपालीको ‘जुनिजुनि’बोलको लोक गीत आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो । यो गीतमा उनीसँगै चर्चित गायिका पूर्णकला बीसीले पनि स्वरमा साथ दिएकी छिन् ।

‘जुनिजुनि’मा एजबी कार्की बिन्दासको लय, राजेन्द्र भट्ट (मिस्टर आरजे)को संगीत रहेको छ ।

गीतको भिडियोमा अशोक केसी, सप्रिया कटुवालको अभिनय, अजय रेग्मीको छायाँकन र कान्ति केसीको निर्देशन–सम्पादन रहेको छ ।

">

नेपाल लोक स्टार गीत रामकुमार नेपाली जुनिजुनि

विशेष