स्वास्थ्य

डार्क सर्कल हटाउन के गर्ने ? यस्ता छन उपायहरु

डार्क सर्कल हटाउन के गर्ने ?  यस्ता छन उपायहरु

व्यस्त जीवनशैली, खानपान, अनिन्द्रा, मानसिक तनाव लगायका कारणबाट आँखाको वरिपरी  देखिने कालो धब्बालाई डार्क सर्कल भन्ने गरिन्छ। यति मात्र नभई डार्क सर्कल वंशाणुगतक कारण पनि हुने गर्छ।  यसले कुनै पनि मानिसको सुन्दरताना कानी ल्याउछ त्यसकारण यी उपाय अपनाएर समयमै डार्क सर्कलको समस्याबाट बच्न सकिन्छ। 

गुलाव जल

कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस् ।

काँक्रो

काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुस् । त्यसपछि त्यसलाई आँधा वरिपरि करीब १०-१५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्नुस् ।

टमाटर

टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुस । १० मिनेट पछि त्यसलाई सफा पानीले सफा गर्नुस् ।

 आलु

आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुस् । त्यसलाई बन्द आँखामाथि १५-२० मिनेटसम्म राख्नु । केही समय पछि सफा पानीले पखाल्नुस् । यसो गर्दा पनि डार्क सर्कल हट्छ ।

पुदिना

पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुस् । करिब १०-१५ मिनेट पछि सफा पानीले पखाल्नुस् । यसले आँखाको डार्क सर्कल हटाउन मद्धत गर्छ ।

डार्क सर्कल

विशेष