मुख्य समाचार

कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराकाे मृत्यु

कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराकाे मृत्यु

काठमाडौंः काठमाडौंको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको ज्यान गएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीका अनुसार कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको ज्यान गएको हो ।

डीएसपी कामतीका अनुसार उनीहरुको अक्सिजन अभावका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यद्यपी मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ ।

राति मकल बालेर सुतेका आमाछोरा नउठेपछि श्रीमान नवराज रञ्जितकारले  श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए । 

कीर्तिपुर आमाछोरा मकल

विशेष