मुख्य समाचार

विप्लवका जिल्ला नेताद्वारा कारागारबाटै पार्टी परित्यागको घोषणा

विप्लवका जिल्ला नेताद्वारा कारागारबाटै पार्टी परित्यागको घोषणा

उदयपुरः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २ जना नेता–कार्यकर्ताले कारागारबाटै पार्टी परित्यागको घोषणा गरेका छन् ।  

विप्लवको पार्टीका जिल्ला सदस्य निर्मल रेग्मी र संगठित सदस्य पूर्ण बहादुर तामाङले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरु दुवै हाल जिल्ला कारागार उदयपुरमा छन् ।  

उनीहरुले अबदेखि विप्लव नेतृत्वको पार्टीका कुनै पनि कमिटी तथा गतिविधिमा संलग्न नरहने भन्दै विज्ञप्तिसमेत जारी गरेका छन् ।  सरकारले प्रतिबन्धित पार्टीमाथि कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । 

उदयपुर नेत्रविक्रम चन्द ‘विप्लव’ कारागार पार्टी परित्याग

विशेष