खेल

टेष्ट सिरिजः अष्ट्रेलियाविरुद्ध पाकिस्तानी बलरको शानदार शतक

टेष्ट सिरिजः अष्ट्रेलियाविरुद्ध पाकिस्तानी बलरको शानदार शतक

काठमाडौंः अष्ट्रेलिया विरुद्धको टेष्ट क्रिकेट सिरिजको दोस्रो खेलको पहिलो इनिङ्समा पाकिस्तानी टिमका बल यासिर शाहले शतक बनाएका छन् । उनले १२ चौकाको मद्दतमा १९२ बलमा शतक बनाएका हुन् । टेष्ट क्रिकेटमा उनको यो पहिलो शतक हो ।

यसअघि टेष्टमा उनको उच्च स्कोर ४२ थियो । निकै संकटमा रहेको पाकिस्तानको इनिङ्सलाई शाहले सम्हाल्ने प्रयास गरिरहेका छन् । यो समाचार तयार पार्दा पाकिस्तानले ८६ ओभरमा ८ विकेट गुमाएर २ सय ७० रन बनाएको छ ।

उसका लागि बाबर आजम ९७, शन मशूद १९, इफ्तिखर अहमद १० रन बनाएर आउट भइसकेका छन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा मिचेल स्टार्कले ६, प्याट कुमिन्सले २ र जोश हेजलवुडले एक–एक विकेट लिए । यसअघि पहिलो इनिङ्समा अष्ट्रेलियाले १२७ ओभरमा ३ विकेट गुमाएर ५८९ रन इनि¸ समाप्तीको घोषणा गर्यो ।

उसका लागि ओपनर डेविड वार्नरले नटआउट ३३५, मार्नुस लेबासचेन्नीले १६२, स्टिभ स्मिथले ३६, म्याथ्यू वेडले नटआउट ३८ रन बनाए । बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले ३० ओभरमा ८८ रन दिएर ३ विकेट लिए । २ खेलको सिरिजमा घरेलु टिम अष्ट्रेलिया १–० ले अगाडि छ ।

टेष्ट क्रिकेट सिरिज यासिर शाह

विशेष