मुख्य समाचार

प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस

प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस

बुटवलः प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेशको नाम तथा राजधानी तोक्न गठन गरिएको विशेष समितिले लुम्बिनी राख्न सिफारिस गरेको हो । समितिको आइतबार बसेको बैठकले नाम सिफारिस गरे पनि प्रदेशसभालाई  बुझाउने र सार्वजनीक गर्ने काम अझै गरेको छैन । समितिको सिफारिसलाई प्रदेश सभा बैठकको दुई तिहाइले पारित गर्नुपर्ने प्रावधान छ ।

डेढ वर्षअघि गठित समितिले नामको जिम्मेवारी पूरा गरे पनि राजधानी कहाँ भन्ने एकिन सिफारिस गर्न सकेको छैन । समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही गरी तीन स्थान सिफारिस गर्ने तयारी गरेको संसदीय विशेष समिति एक सदस्यले बताए । एकै ठाउँमा राजधानी तोक्दा विवाद आउने भएपछि यसो गरिएको उनको भनाइ छ ।

नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेशसभा बैठकले २०७५ साउनमा प्रदेश सभा सदस्य दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो ।  

बुटवल लुम्बिनी विशेष समिति

विशेष