स्वास्थ्य

रक्तचाप उच्च छ ? उसो भए यी कुरामा विचार पुर्याउनुहोस्

रक्तचाप उच्च छ ? उसो भए यी कुरामा विचार पुर्याउनुहोस्

रक्तचाप उच्च भएमा हृदयाघात, स्ट्रोक, मिर्गौला फेललगायतका समस्या निम्तन सक्छन् । शरीरमा जब रगतको दवाव १२०/८० एमएम एचजी भन्दा उच्च हुन्छ तब व्यक्तिलाई उच्च रक्तचापको समस्या भएको मानिन्छ । हुन त उच्च रक्तचाप र कम रक्तचाप दुवै स्वास्थ्यका लागि हानिकारक छ तर पनि उच्च रक्तचापलाई अझ बढी गम्भीर र खतरनाक मान्ने गरिन्छ।  

त्यसै उच्च रक्तचापबाट बच्नका लागि यी २० महत्वपूर्ण कुरामा ध्यान पुर्याउनु अति नै आवश्यक छ।  

- रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।

- मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ ।

-उच्च रक्तचाप देखिने बित्तिकै औषधि सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधि सुरु गर्नुपर्छ ।

-औषधि आफूखुसी सेवन गर्न छाड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ ।

-मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन ।

- जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ ।

-उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ ।

-गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ ।

-२० वर्षभन्दा कम उमेरमा देखिने उच्च रक्तचापलाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ । यसमा उच्च रक्तचाप हुने कारण खोजेर उपचार गरिन्छ ।

-पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । सुन्तला, कागती, मौसम, केरा र ताजा फलपूलमा पनि पोटासियम बढी पाइन्छ ।

उच्च रक्तचाप

विशेष