मनोरञ्जन

‘रेस–३’ कि अभिनेत्री डेजी शाह नेपालमा

‘रेस–३’ कि अभिनेत्री डेजी शाह नेपालमा

भैरहवाः  भैरहवामा हुने एक इभेन्टमा सहभागिता जनाउनका लागि भारतीय अभिनेत्री डेजी शाह नेपाल आएकी छिन् ।  

भैरहवाको टाइगर प्यालेस रिसोर्टले बलिउड सेलिब्रेटीलाई निमन्त्रणा गरेर कार्यक्रम गर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक तान्ने उद्देश्यले यो रिसोर्टले नेपालमा बलिउड कलाकारलाई ल्याउने गरेको छ । यसैबीच इभेन्टका लागि डेजी शाह शनिवार नेपाल आएकी हुन् ।  

टाइगर प्यालेस रिसोर्टले यसअघि पनि बलिउडका कलाकारलाई प्रस्तुतिका लागि निमन्त्रणा गरिसकेको छ ।

डेजीले बलिउड फिल्म ‘रेस ३’ मा सलमान खानसँग अभिनय गरेर चर्चा कमाएकी थिइन् । उनले सलमान खानको हिट फिल्म ‘तेरे नाम’ मा केमियोमा काम गरेकी थिइन् । उनले १ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् ।

भैरहवा डेजी शाह

विशेष