६ हजार २ सय बालबालिका पत्ता लगाउन ३० लाखलाई खोप
काठमाडौँ। सरकारले जीवनमा कहिल्यै खोप नलगाउने ६ हजार २ सय बालबालिका पत्ता लगाउन ३० लाख बालबालिकालाई खोप लगाउने भएको छ ।
हरेक वर्ष ६ लाख बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमतासंग लड्ने विभिन्न प्रकारका खोप दिंदै आएको जनाए पनि एक प्रतिशत बालबालिकाले जीवनमा कुनै पनि खोप पाएका छैनन । त्यस्तै २७ प्रतिशत अर्थात १ लाख ६७ हजार ४ सय बालबालिका दादुरा/रुवेला खोप लिने समयमा हराउने गरेका छन् ।
सरकारले सन् २०१९ मा नेपालबाट दादुरा/रुवेला निवारण गर्ने लक्ष्य लिएको थियो । तर, अझै देशका विभिन्न भागमा दादुराको महामारी देखिएपछि सो लक्ष्य चार वर्ष पर धकेलिएको छ । सरकारले जसरी पनि सन् २०२३ सम्ममा नेपालबाट दादुरा÷रुवेला निवारण गर्नुपर्ने छ ।
यो समाचार नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन।
#खोप #