साग पुरुष भलिबलः श्रीलंकालाई हराउँदै भारत फाइनलमा प्रवेश

काठमाडौंः काठमाडौंमा जारी १३औंँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबलमा भारत फाइनलमा पुगेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकलाई ३–१ को सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले स्वर्ण पदकका लागि पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्ने छ ।
पाकिस्तान समूह ‘बी’ बाट विजेताको रुपमा तथा बंगलादेश समूह ‘ए’ बाट उप–विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । पाकिस्तान र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल आइतबार नै हुँदैछ ।