मुख्य समाचार

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई आज सपथ लिँदै

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई आज सपथ लिँदै

काठमाडौंः प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले आज दिउँसो १ बजे शपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ ।

१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराउनुभएको थियो । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत प्राप्त गरेकी थिइन् । 

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो । 

विद्या भट्टराई शपथ ग्रहण

विशेष