पीपीएलः शरदको पोखराद्वारा पारसको टिमलाई सामान्य लक्ष्य
काठमाडौंः दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनायो ।
उसका लागि कप्तान शरद भेषवाकरले ३९ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै सर्बाधिक ४५ रन बनाए । यस्तै कुसल मल्लले १३, रविन्द्ररसिंह, आशिफ शेख र राशिद खानले १०–१० रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।
बलिङमा चितवनका रोहन मुस्तफा, भुवन कार्की, शनी पटेलले २–२, पारस खड्का, करन केसी र बिक्रम सोबले एक–एक विकेट लिए । पोखराले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । पहिलो खेलमा पोखराका खेलाडीले काठमाडौंविरुद्ध बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रर्दशन गरेका थिए ।
चितवनको प्लेइङ ११ः पारस खड्का (कप्तान) भुवन कार्की, करण केसी, सुमित महर्जन, अनिल कुमार शाह (विकेटकीपर), आरिफ शेख, बिक्रम शोब, बिक्रम कुमार भुषाल, सन्नी पटेल, रोहन मुस्तफा र बाबर हायत ।
पोखराको प्लेइङ ११ः शरद भेषावकर (कप्तान), विनोद भण्डारी (विकेटकीपर), कुशल भुर्तेल, राशिद खान, रोहित कुमार पौडेल, ललित नारायणराजवंशी, मोहम्मद आशिफ शेख, कुशल मल्ल, प्रथमेश दाके, रवि इन्दर सिंह, सर्वजीत लड्डा ।
पोखरा पल्टनविद्ध चितवन राइनोज पीपीएल