आयुष्मानका लागि प्रियंकाले यसरी पोखिन प्रेम

काठमाडौँ। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी लामो समयदेखि चर्चामा रहेका जोडी हुन्। यी दुईको लामो समयदेखि विवाह हुने खबरले फिल्मी बजार तताएको थियो तर विभिन्न कारणवश यी दुईको यस बर्ष विवाह नहुने लगभग टुंगो लागिसकेको छ र अर्को बर्ष पनि कहिले भन्ने कुराको यकिन भने हुन सकेको छैन।
सार्वजनिक इभेन्टमा एकसाथ नपुग्दा आयंकाको सम्बन्धमा कतै चिसोपना त आएको होइन भन्ने गसिप पनि चल्ने नगरेको होइन। यसैबीच आयुष्मानको जन्मदिनको अवसरमा प्रियंकाले इन्स्टग्राममा लामो स्ट्याटस लेख्दै प्रेमभाव व्यक्त गरेकी छिन। उसो त आयुष्मानको हिजो आफ्नो २६ औँ जन्मदिन मनाएका छन।
प्रियंकाले लेखेकी छिन, ;मलाई थाहा छ म तिम्रो पहिलो प्रेम होइन र तिमी पनि मेरो पहिलो प्रेम होइनौ, जसलाई मैले एकहोरो भावले सधैभरी हेरिरहेँ । हामीहरु दुबै एउटै चक्कुका दुई धार जस्ता तिखा विचारहरु बोेकेका व्यक्तिहरु हौं ।’
अझ उनले आयुष्मान आफ्नो जीवनमा एउटा ठूलो शक्ति भएर आएको भन्दै यसलाई लाखौं चमत्कारले पनि भेट्न नसक्ने उल्लेख गरेकी छिन् । दुइको प्रेमलाई उनले चमत्कारमाथिको चमत्कारको रुपमा व्याख्या समेत गरेकी छिन् । र अन्त्यमा म तिमीलाई सदाका लागि माया गर्छु र त्यो भन्दा पनि अझ थप एकदिन पछिसम्म माया गरिरहनेछु ।’
प्रियंका कार्की आयुष्मान देशराज जोशी