स्वास्थ्य

मृगौलापीडितले प्रधानमन्त्री निवास घेरे

मृगौलापीडितले प्रधानमन्त्री निवास घेरे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला पीडित हुनुहुन्छ । उहाँको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको छ । मृगौला प्रत्यारोपण गरिएका कारण उहाँको स्वास्थ्यमा पटक पटक समस्या देखिने गरेको छ ।

त्यसैले उहाँले डाइलाइसिस गर्दै आउनुभएको छ । मृगौला राेगका विरामी प्रधानमन्त्रीकाे सरकारी निवासमा विहीबार मृगौला पीडितले घेरा हाले र भने –‘प्रधानमन्त्रीको उपचार राज्यले गर्छ, मृगौलापीडितको उपचार कस्ले गर्छ ?’ यसो भन्दै उनीहरुले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे ।

सरकारले उपचारमा सहयोग नगरेकाले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको मगौला पीडितको भनाइ छ । 

मृगौलापीडित सरोकार समाजको अगुवाइमा उनीहरुले मृगौलापीडितलाई सरकारले दिँदै आएको सुविधा कटौति गरेको भन्दै त्यसको बिरोधमा धर्ना दिएका हुन् । सरकारी अस्पतालमा डायलाईसिस गर्नका लागि असुविधा भएको, अस्पताल अनुसार फरक–फरक शुल्क लाग्ने गरेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए।

मृगौला पीडितहरुलाई सरकारले प्रतिमहिना दिदै आएको पाँच हजार रुपैंयाँ औषधि खर्चसमेत सरकारले कटौती गरेको छ ।

विशेष