भिडियो Breaking News कभर स्टोरी

सत्तारुढ नेकपाको राष्ट्रियता भनेको सत्ताको बार्गेनिङ (भिडियोसहित) 

सत्तारुढ नेकपाको राष्ट्रियता भनेको सत्ताको बार्गेनिङ (भिडियोसहित) 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद देवेन्द्रराज कँडेलको प्रश्न छ– ‘लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा नेकपा र अहिलेको सरकार के गर्दैछ ? निर्वाचनअघि सडकमा चर्का नारा लगाउने नेकपाका भ्रातृ संगठन कहाँ लुके ? काठमाडौंका सडकमा राँको बाल्नेहरु कालापानी र सुस्तामा गएर बोल्न सक्छन् ?’

नेपालका कम्युनिष्टहरु लोकतन्त्रको खोल ओढेर मुलुकलाई सिध्याउने गतिविधिमा संलग्न भएको नेता कँडेलको दावी छ । उनीहरुको ध्यान केवल सत्ताको कुर्सीमा कसरी पुग्नेमा भन्नेमा मात्र केन्द्रीत छ । नभए वर्तमान सरकारका गतिविधि हेरौं । 

१ ) भारत र चीनसँगको सीमा विवादका विषयमा के पहल भयो ?
२) गुप्तचरलाई व्यक्तिगत विवरण लिने सम्बन्धी विधेयक के का लागि हो ?
३ ) मानवअधिकार, प्रेस, सुरक्षा, गुठी सम्बन्धी विधेयकको मनशाय के हो ?
४) विरामी प्रधानमन्त्रीले राज्यका प्रमुख निकाय आफू मातहत राखेर के गर्न खोजेको ?
५) आफ्नै पार्टीका नेता भ्रष्टाचार  र दण्डहीनतामा संलग्न हुँदा संरक्षण किन ? 
६) अमेरिकी ‘इण्डोप्यासिफिक स्ट्राटिजी’ र चीनको ‘बिआरआई’ मा दोहोरो भूमिका किन ?
७ ) महङ्गीले जनताको ढाड भाँचिदा पनि किन केही नगरेको ? 
८ ) शिक्षा र स्वास्थ्यमा आफ्नै नेताहरुको लगानी बढाएर समाजवाद आउँछ ? 

नेकपा पार्टी र सरकारले जवाफ दिन नसकेका थुप्रै प्रश्नहरु छन् । नेकपा राष्ट्रियताका सवालमा सबैभन्दा कमजोर दल हो । उसको राष्ट्रियता कुर्सीका लागि मात्र हो भन्ने अहिले प्रमाणित भइसक्यो । 

नेता कँडेल भन्छन्, ‘सरकार अधिनायकवादको शैलीमा अघि बढ्न खोज्दैछ । यो भनेको उसको समाप्तिको बाटो हो । संसारमा कुनैपनि तानाशाही र साम्यवादी सरकार लामो समय चलेका छैनन् । एकछिनका लागि उनीहरुलाई सुख त होला तर त्यो अवसानको बाटो हो ।’

कांग्रेसको झगडा
कांग्रेसमा अहिले देखिएको झगडा अनावश्यक हो । यो सभापति शेरबहादुर देउवालाई कमजोर देखाएर आगामी महाधिवेशनमा आफूलाई शक्तिशाली देखाउने प्रपञ्च मात्र हो । एक किसिमले भन्ने हो भने यो भागवण्डामा बढी हिस्सा खोज्न मच्चाएको कोलाहल मात्र हो । 

आज सभापति देउवालाई असक्षम र असफल नेताका रुपमा चित्रित गर्न खोजिदैछ । जो आफू चुनाव जित्दैन उसले देउवालाई असफल भन्न मिल्छ ? अरुलाई असक्षम भन्नेले पहिला आफूले चुनाव जितेर देखाउनु परेन ? 

हिन्दु प्रमुख एजेण्डा
अब कांग्रेसको मात्र नभएर मुलुकको प्रमुख एजेण्डा हिन्दु राष्ट्र हुनुपर्छ । पछिल्लो समय कांग्रेसमा धर्मनिरपेक्षताको पक्ष लिनेहरु अहिले मौन छन् । यो भनेको हिन्दु राष्ट्रको एजेण्डामा समर्थन जनाउनु हो । 

छिमेकी भारतमा हिन्दुत्वलाई मद्दत पुग्ने गरी सरकारले काम गरिरहेको छ । अयोध्या राम मन्दिर बाबरी मस्जिदको मुद्दा होस वा पछिल्लो नागरिकता सम्बन्धी नयाँ कानुनको व्यवस्था होस, सबै हिन्दुत्वलाई बढावा दिने गरी आएका छन् । नेतृत्व र निर्णय भनेको यस्तो हुनुपर्छ । 

यही कारण भाजपाले आगामी चुनाव पनि सहजरुपमा जित्ने र प्रधानमन्त्रीमा पुनः नरेन्द्र मोदी हुने लगभग निश्चित छ ।  भारतले नेपाल हिन्दु राष्ट्र बनोस भन्ने चाहेको छ । यो भारतको सद्भाव हो । तर, हिन्दुत्वका लागि नेपाली आफैं लाग्नु पर्छ । संघीयता र गणतन्त्रका विषयमा अहिले प्रश्न उठाउने समय आएको छैन । 


 

विशेष