खेल

पीपीएलमा आज पारस र सोमपालको टिमको भिडन्त

पीपीएलमा आज पारस र सोमपालको टिमको भिडन्त

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) मा आज एक खेल मात्र हुने भएको छ । आज हुने खेलमा बुटवल ब्लास्टर्स र चितवन राइनोज भिड्दै छन् ।

चितवन–बुटवलबीचको खेल बिहान ११ः३० बजेपछि पोखरा रंगशालामा सुरु हुँदैछ । यी दुबै टिमले पहिलो खेलमा जित हासिल गरिसकेका छन् ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेतृत्वको चितवनले पहिलो खेलमा पोखरा पल्टलाई हराएको थियो ।

यता अलराउन्डर सोमपाल कामी कप्तान रहेको बुटवलले काठमाडौं गोल्डेन्स वारियर्सलाई ‘सुपर ओभर’मा पराजित गरेको थियो । (फाइल फोटो)

पीपीएल पोखरा प्रिमियर लिग पारस खड्का सोमपाल कामी बुटवल ब्लास्टर्सविरुद्ध चितवन राइनोज

विशेष