मुख्य समाचार

प्रशासकीय अधिकृतमाथि वडाध्यक्षका भाईद्वारा आक्रमण

प्रशासकीय अधिकृतमाथि वडाध्यक्षका भाईद्वारा आक्रमण

काठमाडौंः रुकुमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ ।

बुधबार साँझ ६ बजे कार्यालयको काम सकेर घर फर्किइरहेका  केसीमाथि राडी बजार नजिकै आक्रमण भएको हो । उनको टाउकामा धारिलो हतियार प्रयोग भएको हो । उनको टाउकोमा ४ टाँका लगाइएको छ । आठबीसकोट नगरपालिका–३, का गोपाल विकले केसीमाथि आक्रमण गरेको बताइएको छ ।

गोपालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गोपाल वडा नम्बर ३ का अध्यक्ष केशरमान विकका भाइ हुन् ।

आठबीसकोट नगरपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीमाथि भएको आक्रमणको भत्सर्ना गरेको छ। उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गरी दोषीउपर कारबाहीको माग गरेकी छिन्।

दुई–तीन दिनदेखि पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबीच नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति निकाले आक्रमणकारीमाथि कारबाही नभएसम्म नगरपालिकाको कामकाज ठप्प पार्ने चेतानी दिएका छन्।  

रुकुम आक्रमण रामबहादुर केसी

विशेष