आइपीएल २०२० का लागि ‘अक्सन’ आज

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी संस्करणका लागि आज ‘अक्सन’ हुँदैछ । आइपीएल २०२० का लागि आज हुने ‘अक्सन’ दिउँसो ३ः३० पछि कोलकातामा सुरु हुँदैछ ।
आइपीएलको १३ औँ सिजनका लागि ९ सय ७१ खेलाडीले रजिस्ट्रेशन गरेका थिए । जसबाट भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ३ सय ३२ खेलाडीको नाम ‘अक्सन’ का लागि ‘फाइनल सूची’ मा सामेल गरिसकेको छ ।
योपटकको ‘अक्सजन’ को सूचीमा अफगानिस्तानका १४ वर्षीय बलर नूर अहमद पनि छन् । उनी ‘अक्सन’मा समावेश हुने सबैभन्दा कम उमेरका खेलाडी हुन् ।
यस्तै ‘अक्सन’को सूचीमा सर्बाधिक बढी उमेर भएका ४८ वर्षीय प्रवीण ताम्बेको नाम पपनि समावेश गरिएको छ । आउँदो सिजनको आइपीएलमा लागि पनि ८ टिमले सहभागीता जनाउँदै छन् ।
आइपीएल इन्डियन प्रिमियर लिग अक्सन