खेल

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’को निर्माण कार्य धमाधम, सहयोगीदाता दिनहुँ बढ्दै

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’को निर्माण कार्य धमाधम, सहयोगीदाता दिनहुँ बढ्दै

काठमाडौंः जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि आर्थिक सहयोग गर्ने क्रम दिनहुँ बढ्दै गएको छ । रंगशाला निर्माण कार्यलाई अगाडि बढाउन देश तथा विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरिरहेका हुन् ।

यसैबीच चितवनको भरतपुरमहानगरपालिका–१० का सुनिल–साबित्री रिजालले रंगशाला निर्माणका लागि ५ हजार ५ सय ५ रुपैंया सहयोग गरेका छन् । उनीहरुले सो रकम रंगशाला निर्माण अभियानका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन् ।  

यस्तै ‘सक्किगोनी’ हास्य टेलिश्रंखलाका धतुरे तथा चर्चित कलाकार चिरञ्जिवी प्रसाद पुडाशैनी (सि.पी. पुडासैनी) ले पनि रंगशाला निर्माणका लागि १० हजार र उनका दाई  मुरारी प्रसाद पुडासैनीले ५ हजार रुपैंया सहयोग गरेका छन् ।  त्यस्तै तिनपाटन ११, सिन्धुली घर भई हाल डाँछी बसोवास गर्ने इश्वरा लामिछानेले पनि रंगशाला निर्माण अभियानलाई १० हजार १ सय रुपैंया सहयोग गरेकी छन् ।

अभियानमा जोडिने सबैलाई धुर्मुस–सुन्तली फाउण्डेशनले धन्यवाद दिएको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ चितवनको भरतपुरमा निर्माण भइरहेको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला सहयोगीदाता

विशेष