जाडोमा ओठ फुट्नबाट यसरी बच्न सकिन्छ
जाडोको मौसम सुरु भएसंगै धेरैको हात खुट्टा सुन्निने तथा ओठ फुट्ने समस्या देखिन्छ। यसबाट छुटकारा पाउनका लागि उनीहरु अनेक उपायहरु पनि अपनाउने गर्छ। तर केहि मात्रामा सावधानी र घरेलु बिधि अपनाउन सकियो मात्र भने पनि ओठ फुट्ने समस्याबाट निजात पाउन सकिन्छ।
के गर्ने त ?
-जाडो मौसममा घ्यु र नरिवलको तेल लगाउने गर्नाले पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
-ओठमा जिब्रो लाने, ओठ चुस्ने तथा चाट्ने बानी छ भने तत्काल हटाई हाल्नु पर्दछ।
-यसका अलावा ओठमा मह पनि दल्न सकिन्छ।
-प्रसस्त पानी पिउनाले पनि ओठ फुट्नबाट बचाउछ
-बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ ।
-जाडो मौसममा सुन्तला, बदाम सेवन गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
तर कहिलेकाही भने विभिन्न रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ ।
ओठ फुट्नु