पीपीएलमा मुस्तफाको अर्धशतक, रनको पहाड बनाउँदै पारसको टिम!

काठमाडौंः पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बुटवल ब्लास्टर्सविरुद्ध चितवन राइनोजका ओपनर रोहन मुस्तफाले अर्धशतक पूरा गरेका छन् । उनले ४४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।
टस हारेर ब्याटिङको मौका पाएको चितवनले शानदार ब्याटिङ गरेको छ । यो समाचार तयार पार्दासम्म चिभतवनले १८ ओभरमा २ विकेट गुमाएर १ सय ७३ रन बनाएको छ ।
पोखरा प्रिमियर लिग पीपीएल रोहन मुस्तफा