Technology

फाइबर प्रविधिबाट फोन र इन्टरनेट सेवा

फाइबर प्रविधिबाट फोन र इन्टरनेट सेवा

बागलुङ। नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा एकसाथ फोन र इन्टरनेट सेवा सुरुवात गरेको छ । यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो ।

नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ सुरुवात भएको जानकारी दिएका छन । “ग्राहकको पुरानै टेलिफोन नम्बरमा फाइबर प्रविधिबाट सेवा उपलब्ध गराएका छौँ ।” उनले भने। 

पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् । टेलिकमले १२८ जनालाई पुग्ने गरी तार र प्रणाली तयार गरेको छ । गलेश्वरपछि सदरमुकाम बेनी बजारमा फाइबर सेवा विस्तार गरिनेछ । पुरानो प्रविधिका फोन र इन्टरनेटलाई विस्तारै नयाँमा रुपान्तरण गर्दै लाने प्रमुख शर्माले जानकारी दिए ।

हाल बागलुङ बजारका एक हजार आठ सय ५० भन्दाबढी ग्राहकले फाइबर प्रविधिबाट इन्टरनेट सेवा लिइरहेका छन् । बागलुङ सदरमुकाममा मात्र पाँच हजार दुई सय ५० जना ग्राहककामा फाइबर जडान गर्ने लक्ष्य छ ।  यस्तै पर्वत सदरमुकाम कुश्मामा दुई हजार पाँच सय ६० र मुस्ताङ सदरमुकाम जोमसोममा एक हजार २४ ग्राहकलाई सेवा दिने उदेश्यले फाइबर बिछयाउने काम भइरहेको टेलिकमले जनाएको छ । 

विशेष